पाल्पामा जीप दुर्घटना हुँदा ९ घाइते
बुटवल । पाल्पा जिल्लाको निस्दी गाउँपालिका भएको जीप दुर्घटनामा ९ जना घाइते भएका छन् । आज निस्दी गाउँपालिका स्थित झ्याल्टुङ कच्ची सडक खण्डमा भएको दुर्घटनामा घाइते ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैँ अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुने सबै पाल्पाको रामपुर नगरपालिकाका बासिन्दा हुन् । घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । रामपुर अस्पतालले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न
-
‘थ्याङ्क यू एन्फा’ भन्दै फुटबलकर्मीहरूको व्यङ्ग्यात्मक विराेध, तस्बिरहरू
-
भारतमा १३ अर्ब डलर थप लगानी गर्ने अमेजनको घोषणा
-
२० वर्ष पूरा भएपछि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
-
कच्चा तेल युद्धअघिकै मूल्यमा, किन सस्तिँदैन पेट्रोल र डिजेल ?
-
लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण