पाल्पामा जीप दुर्घटना हुँदा ९ घाइते

बुटवल । पाल्पा जिल्लाको निस्दी गाउँपालिका भएको जीप दुर्घटनामा ९ जना घाइते भएका छन् । आज निस्दी गाउँपालिका स्थित झ्याल्टुङ कच्ची सडक खण्डमा भएको दुर्घटनामा घाइते ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैँ अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते हुने सबै पाल्पाको रामपुर नगरपालिकाका बासिन्दा हुन् । घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । रामपुर अस्पतालले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुन र विन्दुको स्वरमा पुर्वेली गीत ‘गैदिउँ भागेर’ सार्वजनिक
-
पोखरा विमानस्थल प्रकरणः रिठ्ठेपानी डाँडा कटानमा प्रेम आलेको दोहोरो संलग्नता
-
सचिवालय बैठक : शंकरको कानेखुसीपछि अनेरास्ववियुमा ३२ वर्षे उमेरहदको निर्णय
-
यी हुन् मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले लिएका ६ नीति (पूर्णपाठ)
-
शेयर बजारलाई गभर्नर पौडेलकाे ‘सरप्राइज गिफ्ट’ : सेयर कर्जाको जोखिम भार १०० प्रतिशतमा झारियो
-
ठुला योजना शीघ्र सम्पन्न गर्न मन्त्री दाहालको निर्देशन