श्रीमान्को नाममा शवदाह गृह बनाउन गरुडाकी उपमेयरद्वारा जग्गा दान
रौतहट । रौतहटको गरुडा नगरपालिकाकी उपमेयर पुनम चौधरीले आफ्नो स्वर्गीय श्रीमानको नाममा शवदाह गृह निर्माणका लागि जग्गा दान गरेकी छिन्।
गरुडा नगरपालिका ४ स्थित चाँदी खोला किनारमा स्वर्गीय मनोज चौधरीको नामबाट शवदाह गृह निर्माणको लागि उपमेयर चौधरीले २ कठा १० धुर जग्गाको जग्गा दान गरेकी हुन्। उनले जग्गाधनी प्रमाणपत्र लालपुर्जा गरुडा नगरपालिका वडा नम्बर ४ लाई हस्तान्तरण गरिन् । सो क्षेत्रमा शवदाह गृहको आवश्यकता महसुस गर्दै १० लाख बढी मूल्य पर्ने जग्गा दान गरेको चौधरीले बताइन् ।
कोरोनाको समय अल्पायुमै मृत्यु भएका मनोज कुमार चौधरीको नामबाट शवदाह गृह बनाउन गरुडा नगरपालिकाको मेयर कन्थमणि जयसवालको रोहवरमा वडा ४ का अध्यक्ष सुनिल जयसवाललाई जग्गाको लालपुर्जा हस्तान्तरण गरिएको उपमेयर चौधरीले बताएकी छिन्। स्वर्गीय चौधरी सञ्चार क्षेत्रबाट समेत आबद्ध रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण