मापसे गरेर गाडी चलाएको आरोपमा पप स्टार टिम्बरलेक पक्राउ
न्युयोर्क । चर्चित गायक जस्टिन टिम्बरलेक न्युयोर्कबाट पक्राउ परेका छन् । टिम्बरलेकलाई मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएको आरोपमा पक्राउ गरिएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
सफोक काउन्टी डिस्ट्रिक अर्टोनी कार्यालयका अनुसार ४३ वर्षीय पप स्टारलाई पक्राउ गरी मंगलबार बिहान औपचारिक रूपमा मुद्दा दर्ता गरिएको छ । टिम्बरलेक हाम्पटोन्सको साग हार्बरमा रहेका थिए । गर्मी मौसममा यो ठाउँ सेलेब्रिटीहरूको रोजाइमा पर्ने गर्छ ।
मुद्दा दर्ता गरेपछि उनलाई बिना धरौटी रिहा गरिएको कार्यालयले जनाएको छ । अब उनी साग हार्बर अदालतमा जुलाई २६ मा उपस्थित हुनुपर्नेछ ।
प्रहरी अधिकारीहरूका अनुसार बीएमडब्लूमा सवार टिम्बरलेकले सडक नियम तोडेपछि मध्यरातमा प्रहरीले उनलाई रोकेका थिए । उनले अत्यधिक मदिरा सेवन गरेको पाइएको थियो । प्रहरी रेकर्डमा उनले ब्रेथलाइजर परीक्षणसमेत गर्न नमानेको उल्लेख छ ।
टिम्बरलेकले यसअघि सार्वजनिक रूपमा आफ्नो पिउने बानीको बारेमा कुरा गरेका थिए । न्युयोर्कमा मापसे गरेर सवारी चलाएमा १ वर्षसम्म जेल, १ हजार डलर जरिवाना र ड्राइभर लाइसेन्स कम्तीमा ६ महिना निलम्बन गर्न सकिने व्यवस्था छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण