भारतबाट म्याद गुज्रिएको चामल ल्याउन चलखेल, एउटै कम्पनीलाई ४ वटा ठेक्का !
काठमाडौँ । भारतीय बजारबाट म्याद गुज्रिएका कमसल गुणस्तरको चामल ल्याएर बिक्री वितरण गर्न चलखेल सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट चामल ल्याउने ठेक्का पाएको सप्लायर्सले गुणस्तरहीन चामल आयात गर्ने र उपभोक्तालाई बिक्री वितरण गर्ने चलखेल सुरु भएको हो ।
खाद्य व्यवस्था तथा कम्पनीले यही वैशाख २६ गते खुलाएको बोलपत्र आह्वानमा आवेदन दिएका कम्पनीको सूची जेठ ३२ गते सार्वजनिक गरेको थियो । ठेक्का प्रक्रियामा सामेल कम्पनीमध्ये सबैभन्दा न्यून दरभाउमा बोलकबोल गर्ने कम्पनी छनौट भएका थिए ।
७ प्रादेशिक कार्यालयबाट १० वटा ठेक्का आह्वान गरिएको थियो । ती ठेक्कामध्ये जय गुरु राइस मिल्स ४ वटा, सुनिल राइस मिलले ३ वटा र लक्की राइस मिल्सले २ वटा तथा गिरिधारी फुड इन्डस्ट्रीले एउटा ठेक्का पाएका छन् ।
कूल १० मध्ये ४ वटा ठेक्का पाएको जय गुरु राइस मिल्सले मिलेमतोमा ठेक्का पाएको स्रोत बताउँछ । यो सप्लायर्सले भारतबाट म्याद गुज्रिएको, गुणस्तरहीन र कुहिएको चामल ल्याउने तयारी गरिरहेको हो । ‘यी चामल रुपन्देही र भैरहवा लगायतका स्थानबाट भन्सार छली गरेर म्याद गुज्रिएका चामल ल्याउने तयारी गरेको छ,’ स्रोतले भन्यो ।
यद्यपि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने प्राविधिकले परीक्षण गरेपछि मात्रै आयातित चामल प्रयोग हुने र वितरण हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण