जीबी राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा विश्वस्त छु : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले राज्यका निकायले गरेको अनुसन्धानबाट जीबी राई मलेसियामा रहेको तथ्य पत्ता लागेको भन्दै उनलाई नेपाल झिकाउने सन्दर्भमा मलेसियाका गृहमन्त्रीसँग दुई पटक कुराकानी गरिसकेको बताए । उनले कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने भन्दै दुवै तर्फका राज्य संयन्त्र संवादमा रहेका बताए ।
गृहमन्त्री लामिछानेले संवादको क्रममा मलेसिया सरकार सकारात्मक देखिएको र माग गरे अनुरुपको कागजात नेपालबाट पठाइएको पनि जानकारी दिए । उनले जीबी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले आफूमाथि लागेको लाञ्छनाबाट मुक्ति पाउनका लागि पनि राईको पक्राउ आफ्नो लागि व्यग्र प्रतीक्षाको विषय बनेको बताए । उनले राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा विश्वस्त रहेको बताए ।
गृहमन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टिस्टेटको उजुरी कुरेर बसेको बताए । उनले उजुरी आएपछि कुनैपनि बेला यस सम्बन्धमा अनुसन्धान गर्न प्रहरी तयार रहेको बताए ।
गृहमन्त्री लामिछानेले बजेट पास भएको दुई महिनाभित्र विगतमा भएका २५ वटा काण्डहरुको फाइल तयार गर्नको निमित्त एउटा शक्तिशाली आयोग बनाउने बताए । उनले पतञ्जलि आयुर्वेद कम्पनीको फाइल आजैबाट खुलेको पनि जानकारी दिए । उनले भुटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा रहेको बताए । बालमन्दिर र स्काउटको फाइल बन्द नभएको पनि उनले बताए । उनले बाँसबारीको फाइल बन्द नभएको र टिकापुरको फाइल खुलाउन काम भइरहेको पनि बताए ।
गृहमन्त्री लामिछानेले वृहत् जनकपुरको ९ हजार बिघा जग्गाको फाइल पनि तयार हुने क्रममा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
-
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण