मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
सारांश
- मेक्सिको सिटीमा फिफा विश्वकप २०२६ को खेल खराब मौसमका कारण प्रभावित भएको छ।
- एस्टेका रंगशालामा ठुलो गर्जनसहितको आँधीबेहरी र मुसलधारे वर्षाका कारण मेक्सिको र इक्वेडरबिचको खेल तोकिएको समयमा सुरु हुन सकेन।
- खेल कम्तीमा ३० मिनेट ढिलो हुने भएको छ र खेलाडीहरूले खेलअघिको तयारी समेत गर्न पाएका छैनन्।
मेक्सिको सिटी । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को दौडमा रहेको सह-आयोजक मेक्सिको र इक्वेडरबिचको रोमाञ्चक खेल सुरु हुनुअघि नै रंगशालामा मौसम बाधक बनेको छ ।
खेल हुनुअघि एस्टेका रङ्गशालामा खराब मौसमका कारण कालो बादल मडारिएपछि खेल केही समयका लागि धकेलिएको छ।
मेक्सिकोको यस राष्ट्रिय रङ्गशालामा समर्थकहरू चार घण्टा अघिदेखि नै ओइरिन थालेका थिए । तर, उक्त क्षेत्रमा ठुलो गर्जनसहितको आँधीबेहरीको मौसम सम्बन्धी चेतावनी जारी भएसँगै आकाशबाट मुसलधारे वर्षा सुरु भएपछि खेल तोकिएको समयमा हुन सकेन ।
नेपाली समय अनुसार बिहानको ०६:४५ बजे सुरु हुनुपर्ने यो खेल कम्तीमा एक घण्टा ढिलो हुने निश्चित भएको छ । वर्षाका कारण खेलाडीहरूले मैदानमा ओर्लिएर खेलअघिको तयारी समेत गर्न पाएका छैनन् ।
यो खेलको विजेता टोलीले अर्को चरणमा इङ्गल्याण्ड वा प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) बिचको विजेतासँग सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण