थपिए ६१ वटा नयाँ मेनपावर कम्पनी, ४३ वटा खारेज
काठमाडौँ । वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको हालसम्म ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गरेको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विभागले ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो ।
विभागले ११ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै वैशाखसम्म ५८ वटा र जेठमा ३ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो । यो अवधिमा ४३ वटा मेनपावर कम्पनीको खारेजी तथा धरौटी फिर्ता गरिएको विभागले जनाएको छ ।
वार्षिक तीन हजार जनासम्म कामदार पठाउने कम्पनीलाई ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी व्यवस्था छ । त्यस्तै पाँच हजार जनासम्म कामदार पठाउने कम्पनीलाई एक करोड नगद धरौटी र तीन करोड रुपैयाँको बैङ्क ग्यारेन्टी तथा वार्षिक पाँच हजार जनाभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीलाई दुई करोड नगद धरौटी तथा चार करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी प्रावधान छ ।
यो वर्ष दर्ता भएका कम्पनीहरूले तीन हजार जनासम्म कामदार पठाउनेगरी दर्ता भएका हुन् । उनीहरुले नगद ५० लाख धरौटी र डेढ करोड रुपैयाँ बैङ्क ग्यारेन्टी राखेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण