बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

थपिए ६१ वटा नयाँ मेनपावर कम्पनी, ४३ वटा खारेज

menpower
मङ्गलबार, ११ असार २०८१, १६ : ००
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको हालसम्म ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गरेको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विभागले ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो । 

विभागले ११ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै वैशाखसम्म ५८ वटा र जेठमा ३ वटा नयाँ मेनपावर कम्पनी दर्ता गराएको हो । यो अवधिमा ४३ वटा मेनपावर कम्पनीको खारेजी तथा धरौटी फिर्ता गरिएको विभागले जनाएको छ ।

वार्षिक तीन हजार जनासम्म कामदार पठाउने कम्पनीलाई ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी व्यवस्था छ । त्यस्तै पाँच हजार जनासम्म कामदार पठाउने कम्पनीलाई एक करोड नगद धरौटी र तीन करोड रुपैयाँको बैङ्क ग्यारेन्टी तथा वार्षिक पाँच हजार जनाभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीलाई दुई करोड नगद धरौटी तथा चार करोड रुपैयाँको बैङ्क ग्यारेन्टी राख्नुपर्ने कानुनी प्रावधान छ ।

यो वर्ष दर्ता भएका कम्पनीहरूले तीन हजार जनासम्म कामदार पठाउनेगरी दर्ता भएका हुन् । उनीहरुले नगद ५० लाख धरौटी र डेढ करोड रुपैयाँ बैङ्क ग्यारेन्टी राखेको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप