जाजरकोटका मेयर चन्द्र प्रकाश घर्तीद्वारा लिखित आत्मकथा लोकार्पण
काठमाडौँ । भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ आज लोकार्पण गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आयोजित कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि ओलीले घर्तीलाई आत्मकथा प्रकाशन गर्ने पहिलो मेयर भएकोमा अभिनन्दन गर्दै शुभकामना दिए । उनले असार १५ गते नेपालका धेरै प्रसिद्ध व्यक्तिहरूको जन्मदिन पनि परेको उल्लेख गर्दै, लेखकलाई पनि यस्तै प्रसिद्धि मिलोस् भन्ने कामना गरे । साथै, राष्ट्रिय धान दिवसको शुभकामना दिँदै कृषि कर्ममा लागिरहन सबैलाई आग्रह गरे ।
कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकाल, विश्व उत्प्रेरणा प्रशिक्षक रमण भट्टराई र ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । लेखकका परिवारजनमा छोरी सुशाशिका र भाइ एवं अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी थिए ।
लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) द्वारा प्रकाशित यो पुस्तक लेखकको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो । कार्यक्रमको सञ्चालन मिडियाकर्मी सिमोन न्यौपानेले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण