कन्सर्टका दौरान गायिकामाथि दुर्व्यवहार
भोपाल । भारतीय गायिका मोनाली ठाकुरलाई हालैको एक कन्सर्टमा दुर्व्यवहार गरिएको छ । गायिका स्टेजमा प्रस्तुति दिइरहेकी थिइन्, यसैबिच भीडमा उभिरहेका एक व्यक्तिले उनको शरीरका अङ्गहरूबारे टिप्पणी गरेका थिए।
गायकले कमेन्ट सुन्ने बित्तिकै कन्सर्ट बिचमै रोकेर टिप्पणी गर्ने व्यक्तिलाई गाली गरेकी थिइन् । उनले मानिसहरू अक्सर भीडमा लुकेर यौन उत्पीडन गर्ने गरेको बताइन् ।
मोनाली शनिबार भोपाल (मध्यप्रदेश) स्थित सेज युनिभर्सिटीमा प्रस्तुति दिन आएकी थिइन् । कन्सर्टमा कलेजका विद्यार्थीहरूको भीड थियो । कार्यक्रम चलिरहेको बेला अचानक मोनालीले गाउन छोडिन् ।
यसपछि मोनालीले भीडमा उभिएका एक व्यक्तिले उनको प्राइभेट पार्टको बारेमा कमेन्ट गरेको बताइन् । गायिकाले भनिन्, ‘केही मानिसहरू लुकेरै कमेन्ट गर्छन् । यो यौन उत्पीडन हो र यो ठीक होइन। म यो मुद्दामा मेरो आवाज उठाइरहेको छु ।’ कुरा शान्त भएपछि मोनालीले समय खेर नफाल्दै फेरि गाउन थालिन् ।
यता, मोनालीले आपत्तिजनक टिप्पणी गरेको आरोप लगाएका युवकले आफ्नो स्पष्टीकरण दिएका छन् । ती युवकका अनुसार उनले मात्र मोनालीको नृत्यको प्रशंसा गरेका थिए, उनको शरीरका अङ्गहरूको होइन।
३८ वर्षीया गायिका ठाकुरले ‘सावर लू’, ‘ये मोह मोह के धागे’, ‘तुने मारी इन्ट्रिया ’ र ‘जरा जरा टच मी’ जस्ता उत्कृष्ट गीतका लागि चिनिन्छिन् । फिल्म दम लगा के हैशाको ‘ये मोह मोह के धागे’ गीतका लागि उनले २०१५ मा राष्ट्रिय पुरस्कार पाएकी थिइन् । उनी सिंगर, राइजिङ स्टार, सारे गमा पा र सुपर सिंगर जस्ता कार्यक्रममा जजको रूपमा पनि देखिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण