प्रचण्डले सोधे, ‘तपाईंले के गर्नुभएको ?’, ओलीले भने, ‘केही त भएको छैन’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग एक दिनअघि भएको छलफल विपरीत नेपाली कांग्रेससँग सहमति गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आक्रोश व्यक्त गरेका छन् । मंगलबार बिहान बालुवाटार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसमक्ष कांग्रेससँगको सहमतिबारे असन्तुष्टि व्यक्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले पार्टी अध्यक्ष प्रचण्डले गरेको ब्रिफिङ सुनाउँदै रातोपाटीसँग भने, ‘हिजो अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग यो सहकार्य लामो समय जाने भन्नुभएको रहेछ । तर, मध्यरातमा नेपाली कांग्रेससँग सहमति भयो ।’
त्यही भएर मंगलबार बिहान ओली बालुवाटारमा पुग्ने बित्तिकै प्रचण्डले सोधेका थिए, ‘तपाईंले यो के गर्नुभएको ?’
ती पदाधिकारीका अनुसार ओलीले जवाफमा भनेका थिए, ‘केही पनि त भएको छैन । कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर सहमति मात्र गरेका हौँ । यसमा तपाईंसँग पनि छलफल गर्ने भनेका छौँ ।’
‘हिजोसम्म ‘स्वर्ग पनि सँगै जाने, नर्क पनि सँगै जाने’ बताउनु भएको अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्रीसँग आफूलाई अब सहयोग गर्न आग्रह गर्नुभएछ,’ ती पदाधिकारीले भने, ‘तर प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्नुभएको छ ।’
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण