सरकारबारे अशोक राई नेतृत्वको जसपाले आज निर्णय लिने
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा रहने–नरहने विषयमा आज निर्णय गर्दै छ ।
आज दिउँसो बस्ने पदाधिकारीको बैठकले सरकारबारे निर्णय गर्ने जसपाका महासचिव इस्तियाक राईले बताए । उनले भने, ‘वर्तमान नयाँ गठबन्धनप्रति जसपा सकारात्मक छ तर त्यसको आधिकारिक निर्णय नभएसम्म केही भन्न सकिँदैन ।’
पार्टीको आधिकारिक निर्णय नआएसम्म यही हो भनी भन्न सकिने अवस्था नरहेको बताउँदै उनले पार्टीका अन्य पदाधिकारी तथा नेताहरूको कुरा बुझेर निर्णय आउने बताए ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईको नेतृत्वमा जसपा गठन गरिएको थियो । जसपा गठन गरेपछि माओवादी–एमाले गठबन्धन नेतृत्वको सरकारमा दुई जना मन्त्री र एक जना राज्यमन्त्री सहभागी भएका थिए ।
अहिले गठबन्धन परिवर्तन भएको छ । माओवादीको साथ छाडेर एमालेले काँग्रेससँग गठबन्धन बनाएको छ । यस अवस्थामा जसपा माओवादी केन्द्रलाई साथ दिने कि एमाले–कांग्रेसलाई साथ दिने भन्ने अन्योलमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण