ढकालको मौलिक घाँसे भाका लोकप्रिय

काठमाडौँ । गायक राजेश ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’ बोलको गीत छोटो समयमा डिजिटल बजारमा ‘ट्रेन्डिङ’ को २७ औँ स्थानमा रहन सफल भएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ मा जन्मिएका लोकदोहोरी गायक ढकाल दुई दशकदेखि नेपाली लोक साङ्गीतिक क्षेत्रमा रहेका छन् ।
उनका ‘रातो साडी पानबुट्टेचोली हे बैगुनी’, ‘दुई खोली दोभान’, ‘घरमाइत’, ‘नाची देउ छमछमी’लगायत दर्जनौँ गीत लोकप्रिय छन् । गतवर्ष पनि ढकालको असार विशेष मौलिक असारे घासे भाकामा ‘गैह्री खेतको रोपाइँ’ बोलको गीत चर्चामा थियो ।
‘असार १५’ गीतमा गायिकाद्वय प्रतिमा अर्याल र सरु गौतमले साथ दिएका छन् । गीतमा संयोजन विष्णु तामाङ, मिलन श्रेष्ठ म्युजिक भिडियो निर्देशन र भिडियो सम्पादन रोशन धितालको रहेको छ । सन्कारा डिजिटलमा उक्त गीत सागर पुनले रेकर्ड गरेका छन् भने कुमार पुनको ‘मिक्सिङ’ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
-
राष्ट्रिय सभाको बैठक बस्दै
-
नेसपा (नयाँशक्ति) ले विशेष समारोह गरी १० औं स्थापना दिवस मनाउँदै
-
प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
पोखरामा एक युवकको हत्या