पेरिसडाँडामा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको बैठक
आइतबार, २३ असार २०८१, ०९ : ३५
काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको बैठक काठमाडौँमा बसेको छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बिहान ९ बजे सुरु भएको हो ।
पछिल्लो समय विकास भएको राजनीतिक घटनाको समीक्षा र आगामी योजना निर्माणका विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ । बैठकले प्रदेश सरकारको नेतृत्व र भूमिकाका बारेमा छलफल तथा निर्णय गर्ने एक सांसदले बताए ।
बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत वा मार्ग प्रशस्त गर्ने विषयमा निर्णय गर्ने बताइएको छ । मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत फेस नगर्ने पक्षमा छन् । प्रदेशको ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएपछि विश्वास मत लिन मुख्यमन्त्री जम्कट्टेलले इच्छा नदेखिएको बताइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
-
भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
-
सडकपेटी आश्रित दृष्टिविहीन नागरिक ९ दिनदेखि प्रदर्शनमा (तस्बिरहरू)
-
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण