स्रष्टा समाजको योगमाया सम्मान अर्पण र स्रष्टा दर्पण लोकार्पण सम्पन्न
काठमाडौँ । नेपाल स्रष्टा समाजको आयोजनामा महामना योगमाया दिवस सम्मान अर्पण तथा स्रष्टा दर्पण परशु प्रधान स्मृति अङ्कको लोकार्पण गरी मनाइएको छ । दिव्य शताब्दी पुरुष तथा मानव अधिकारवादी अगुवा डा. गौरी शङ्करलाल दासको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा योगमायाको व्यक्तित्व परिचित गर्न अभियान सञ्चालन गर्ने अभियन्ता कविता चापागाईलाई ५० हजार १११ रुपैयाँ नगदसहित योगमाया अभियन्ता सम्मान २०८१ ले सम्मान गरिएको हो ।
यसैगरी समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान गर्ने शान्ता चौधरीलाई २५ हजार १११ रुपैयाँसहित योगमाया राष्ट्रिय नारी सम्मान २०८१ द्वारा सम्मानित गरियो । सम्मानित व्यक्तिहरूलाई प्रमुख अतिथि,स्रष्टा समाजका अध्यक्ष,न्यौपाने समाजका अध्यक्ष लगायतले सम्मान गरे ।
यसैगरी सोही अवसरमा स्रष्टा दर्पण पूर्णाङ्क ३१, परशु प्रधान स्मृति अङ्कको लोकार्पण समेत सम्पन्न भयो । उक्त स्मृति अङ्कमा ४२ जना विभिन्न साहित्यकार,स्रष्टाहरूले विभिन्न समयमा वरिष्ठ आख्यानकार स्व।परशु प्रधानका बारेमा लेखेका संस्मरण,समीक्षा,अन्तर्वार्ता आदि सङ्गृहीत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण