गायिका उषा उथुपको पतिको निधन
कोलकाता । पद्मभूषण सम्मानित पप गायिका उषा उथुपका पति जानी चाको उथुपको सोमबार कोलकातामा निधन भएको छ । उनी ७८ वर्षका थिए । उनको आज कोलकातामा अन्तिम संस्कार गरिने छ ।
उषा उथुपका परिवारका अनुसार जानी आफ्नो घरमा टिभी हेरिरहेका थिए । त्यस क्रममा उनलाई असहज महसुस भएको थियो । लगत्तै उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । जानी चाकोको हृदयघातका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् ।
जानी चाको उथुप गायिका उषा उथुपका दोस्रो पति थिए। उनी चिया बगान क्षेत्रमा आबद्ध थिए । उषा र जानीको पहिलो भेट ७० को दशकमा त्रिन्कासमा भएको थियो । उषा एक छोरी अञ्जली उथुप र छोरा सन्नी उथुपकी आमा हुन् ।
उषा उथुपको पहिलो विवाह रामु अय्यरसँग भएको थियो । तर विवाहको पाँच वर्षपछि पनि उनीहरूको सम्बन्ध राम्रो हुन सकेन । तर, रामुले उषालाई सङ्गीतका लागि हौसला दिए । उनी आफैँ विभिन्न ठाउँमा हुने कार्यक्रममा लैजान्थे ।
यद्यपि उनीहरुबीच श्रीमान्–श्रीमतीको सम्बन्ध थिएन । एक पटक उनी आफ्नो पहिलो श्रीमान्सँग एउटा कार्यक्रम गर्न कोलकाता गएकी थिइन्, त्यहाँ जानीसँग भेट भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण