कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक सञ्चालनमा
गुल्मी । पहिरोले पाँच दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणी‐हर्मिचौर र पुर्तिघाट सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि गत शुक्रबारदेखि उक्त सडक अवरुद्ध थियो ।
गरगरे, मुल्क, पातीखोला र बरल्वामा खसेको पहिरो कालीगण्डकी गाउँपालिका र कालीका कन्ट्रक्सनको सहयोगमा हटाएपछि सडक सुचारु भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए ।
गुल्मीको पुर्तिघाट खण्डसम्म सडक सञ्चालनमा आए पनि बागलुङतर्फ जाने सडक अझै अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सवारी साधन गुड्न सकेका छैनन् ।
आइतबारदेखि अवरुद्ध मदनभण्डारी राजमार्गअन्तर्गत तम्घास‐रिडी सडकखण्ड मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको छ । उक्त सडकखण्डको गुल्मी दरबार गाउँपालिका–४ स्थित वीरबासमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको हो । सडक सुचारु भएसँगै बीचमा रोकिएका सवारी साधन गन्तव्यतिर लागेका छन् । वर्षाका कारण अधिकांश ग्रामीण सडकमा पहिरोले क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयले वर्षाको समयमा बाढी पहिरोको प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन आग्रह गरेको छ । कुनै समस्या परेमा तत्काल नजिकको प्रहरी कार्यालय, स्थानीय पालिका वा प्रशासनमा खबर गर्न सूचना प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
-
माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु
-
कोशीकी सांसद निर्मला लिम्बूलाई हटाएर कसलाई सांसद बनाउँदैछ जसपा ?
-
इलामका ५३ चिया उद्योग खोल्ने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण