भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते
बिहीबार, २७ असार २०८१, ०८ : ३३
बुटवल । दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाको लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जङ्गली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ वर्षीय सहरी घर्ती गम्भीर घाइते भएको नेपाल सशस्त्र प्रहरी ४१ नं। रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।
उनका अनुसार बिहान करिब साढे पाँच बजे जङ्गली च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो । अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । घाइते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल पठाएको प्रहरीले जनाएको छ।
घर्ती पाँच जनाको समूहमा च्याउ टिप्न जङ्गल गएकी थिइन् । उनका दुई जना साथीलाई भालुको नङ्ग्रा लागेको भए पनि भाग्न सफल भएको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
-
माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु
-
कोशीकी सांसद निर्मला लिम्बूलाई हटाएर कसलाई सांसद बनाउँदैछ जसपा ?
-
इलामका ५३ चिया उद्योग खोल्ने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण