बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते
सोमबार, ३१ असार २०८१, २२ : २३
गुलरिया । बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
घाइते थारुको हात भाँचिएको छ । उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारे रोपाइँ महोत्सव–२०८३ आयोजना गरिने
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण