नेपाल प्रतिभाहरूको देश हो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रतिभाहरूको देश भएको बताएका छन् । बुधवार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले वेदका ऋषाहरु समेत नेपाल भूमिमै लेखिएको भन्दै पहिलो गुरु, पहिलो दार्शनिक, पहिलो योगी, आदि दार्शनिक पनि यही भूभागका भएको बताए ।
‘कला, संस्कृति, सङ्गीत, गायन, नृत्य र वाद्यवादन लगायतको विकास गर्न सक्ने ठाउँ हो । प्रतिभाहरूको देश हो’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले यस्ता प्रतिभाहरूलाई सम्मानित र प्रशंशित गर्ने काम गरेकोमा छिन्नलता पुरस्कार गुठीलाई धन्यवाद दिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरेका छन् ।
यसैगरी प्रधानमन्त्रीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरे । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही एक लाखको छ भने युवा पुरस्कार ५० हजार राशीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण