बुटवल बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा
बुटवल । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवलको नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नान गृह सञ्चालनमा आएको छ। नयाँ बसपार्कलाई सुविधा सम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजना अनुसार पहिलो चरणमा सुविधा सम्पन्न बालमैत्री र अपाङ्गमैत्री स्नान गृह सञ्चालनमा आएको हो।
स्नान गृहको आज बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै बसपार्कलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने उद्देश्यका साथ सुविधा सम्पन्न स्नान गृह सञ्चालनमा ल्याएको बताए। उनले बसपार्कमा हाइमास्ट लाइट, क्यान्टिन, चार्जिङ स्टेसन, कोसेली घर र बहुतले पार्किङ भवन निर्माण हुने बताए।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बसपार्क सुधार गर्ने बुटवल उपमहानगरपालिकाको अभियान राम्रो भएको बताए । उनले बसपार्कलाई व्यवस्थित बनाउनका लागि आफूहरूको साथ रहने बताए । बसपार्कमा निर्माण भएको स्नान घरमा ११ वटा शौचालय, १७ वटा युरिनल, ४ वटा बाथरुम तथा २ वटा बालमैत्री, २ वटा अपाङ्गमैत्री शौचालय रहेका छन् ।
स्नान गृहमा मौसमअनुसार चिसो तातोपानीका लागि सोलार प्यानल जडान गरिएको र शौचालयको फोहोरबाट बायो ग्यास उत्पादन गरी स्नान गृहको उपयोगमा ल्याउने गरी व्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिकाका इन्जिनियर रुक्माङ्गत बस्यालले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारे रोपाइँ महोत्सव–२०८३ आयोजना गरिने
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण