कांग्रेस र लोसपा मधेस सरकारमा सामेल, मन्त्रीहरूले लिए शपथ
काठमाडौँ । लामो रस्साकस्सीपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारमा सामेल भएका छन् । जनमत नेतृत्वको मधेस सरकारलाई समर्थन दिएको कांग्रेस र लोसपाका मन्त्रीहरूले शपथ लिएसँगै मधेस सरकारमा सामेल भएका हुन् ।
मधेस सरकारमा कांग्रेसबाट ४ जना र लोसपाबाट १ जना सहभागी भएका छन् । कांग्रेस र लोसपाबाट नवनियुक्त मन्त्रीहरूलाई बिहीबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी छिन् ।
कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर रायले शपथ ग्रहण गरेका हुन् ।
लोसपाबाट रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिएकी छन् । एमालेका राजकुमार लेखीले सो मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । लेखीलाई गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
-
होटल संघ नेपालको बागमती प्रदेश तदर्थ समिति अध्यक्षमा रामसुन्दर बके मनोनीत
-
ट्रम्पलाई ठुलो झट्का : यौन दुर्व्यवहार मुद्दा उल्ट्याउन सर्वोच्च अदालतद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण