एमालेले दियो प्रधानमन्त्री ओलीलाई १० ठोस कार्यक्रमसहित सुझाव
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्यसम्बन्धी (महत्त्वपूर्ण) सुझाव दिएको छ । शुक्रवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले सो सुझाव दिएको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझाव बुझाइएको जानकारी दिएका छन् । गत असार २१ केन्द्रीय बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१ बुँदे सुझाव बुझाइएको ज्ञवालीले बताए ।
उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो । प्रतिनिधिमण्डले सुशासन, विकास निर्माणका कामलाई तीव्रता, रोजगारी सृजना, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता, जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयलाई समेटेर सुझाव दिएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण