प्रभु साहले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
आइतबार, ०६ साउन २०८१, १७ : ३१
काठमाडौँ । आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै साहले संसदलाई यस्तो जानकारी गराएका हुन् ।
साहले वर्तमान सत्ता पक्षमा रहेका नेताहरुको नियत सही नभएको भन्दै अहिलेको सरकारले पनि देशलाई गति दिन नसक्ने बताए । उनले नेताहरु जवफदेही हुनुपर्नेमा जोड दिँदै नेताहरुले बोल्दा खिसिटुउरी हुने अवस्था रहेको बताए ।
उनले ओलीले प्रस्तुत गरेको सरकारको रोडम्यापमा आस्वस्त हुने अवस्था नरहेको पनि बताए । ओलीमाथि प्रश्न धेरै रहेकाले विश्वासको मत दिन उचित नहुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण