ओलीले भने– विश्वासको मतलाई बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्छु
आइतबार, ०६ साउन २०८१, १९ : ३३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतलाई बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफूलाई दुई तिहाइ मत दिएकोमा प्रतिनिधिसभाका सबै सदस्यहरूलाई धन्यवाद समेत ज्ञापन गरेका हुन् ।
‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ । यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु’, ओलीले आइतबार साँझ फेसबुकमा लेखेका छन् ।
आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिँदा २७५ सदस्यीय प्रतिनिधिसभामा कूल २६३ सांसद मतदानमा सहभागी भए । जसमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो वर्तमान संसद्को दुई तिहाइ मत हो ।
उनको विपक्षमा ७४ मत पर्दा १ सांसद तटस्थ बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण