सरकारले विद्युत् प्राधिकरणमाथि छानबिन गर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणमाथि छानबिन गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्राधिकरणका प्रमुख कुलमान घिसिङको कार्यशैलीमाथि आलोचना गरे ।
उद्योगहरूले विद्युत् महसुल नतिरेपछि काटिएको लाइन जोड्न आफूले दिएको आदेश नमानेपछि रुष्ट भएका ओलीले प्राधिकरणको नेतृत्वमाथि चरम असन्तुष्टि व्यक्त गरे ।
उनले यसभन्दा अगाडि पनि विद्युत् लाइन काटिएको र के–के दिएर मिलाएपछि जोडिएको र के–के नमिलेपछि फेरि काट्ने र जोड्ने काम भइरहेको दाबी गरे । उनले अहिले सबै उद्योगको लाइन काटेको नभई ६ वटा उद्योगको मात्र लाइन काटिएको बताए । उनले अरूको चाहिँ किन नकाटेको भन्दै प्रश्न गरे ।
९ वर्षअघिदेखि विद्युत् महसुल तिर्ने वा नतिर्ने भन्ने विवाद रहेको बताउँदै उनले भने,‘उद्यमीहरूले तिर्दिन भनेको छैन, हामीले जति प्रयोग गरेको हो, त्यो तिर्छौ भनेको छ । प्रयोग कुन गरेको हो, त्यसको बिल त सरकारले दिनुपर्छ । यति प्रयोग गरेको भन्ने प्रमाण त दिनुपर्छ नि । तिमी यति धनी छौँ मलाई यति चाहिन्छ भनेर हुन्छ र ? डेडिकेटेट लाइन भनेको तार जोड्ने होइन, बिजुली सप्लाई हुनुपर्यो नि । सम्झौता २४ घण्टा विद्युत् सप्लाई गर्ने भनेको छ, लोडसेडिङ लगाइदिएको छ । केही घण्टा दिएको छ केही घण्टा बन्द गरेको छ । विवाद छ भनेर बसेर सल्टाउने कि उद्योग बन्द गराइदिने ?’
उद्योग बन्द गराएर मजदुरको बरबादी, उत्पादन भएन, मेसिनहरू रोकिए, बजारमा सामान रोकियो, भोलि हाम्रो सामान बिक्री हुँदैन भनेर बिजुली काट्ने, जोड्ने नगर्न आफूले भनेको बताए । आफूले प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बोलाएर उर्जामन्त्री, सचिव, मुख्य सचिव र उद्यमी समेत राखेर छलफल गरेको बताए ।
उद्योगीले प्रयोग गरेको विद्युतको महसुल तिर्ने र प्रयोग नगरेको विद्युतको महसुल नतिर्ने भनेकोले अब प्राधिकरणमाथि छानबिन गर्ने ओलीले बताए । उद्योगी र विद्युत् प्राधिकरणको कुरामा ठुलो मतभेद रहेकोले अब छानबिन गर्नुपर्ने उनको भनाई थियो ।
ओलीले भने,‘उद्योग बन्द गरेर उनीहरुले पैसा तिर्छन् त ? कहाँबाट पैसा ल्याएर तिर्छन् ? उद्योग चल्न दिऊँ उनीहरूबाट जो लिनुपर्ने हो त्यो असुल गरौँ । मनलागे जति असुल गर्ने ? कानुनीराज भनेको त्यही हो, कानुनीराजमा बलजफती गरेर तिमीसँग पैसा छ तिर्नुपर्छ भनेर पाइँदैन ।’
प्राधिकरणका प्रमुखले बोर्डले निर्णय गरेर लाइन काटेकोले बोर्डले निर्णय गरेर मात्र जोड्न सकिने बताएको उल्लेख गरे । बोर्डमा छलफल गर्दा काट्ने बेला तपाईँले काटेको, तपाई आफैँ जोड्नुस् न भनेको, बोर्डको यो निर्णय होइन भनेपछि कुलमान बोल्न नसकेको प्रधानमन्त्री ओलीको दाबी छ । उनले पैसा असुल गर्नुपर्ने भएपनि उद्योग बन्द गर्न नहुने बताए । उनले तथ्यका आधारमा यस्ता कुराको फैसला हुनुपर्ने उल्लेख गर्दै विद्युत् खेर गइरहेको तर उत्पादनको लाइन काटेर उल्टो काम गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण