प्रदेश
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
आइतबार, ०६ साउन २०८१, २० : १२

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । लुम्बिनीका प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
आइतबार लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका थिए । मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो । नयाँ सरकार गठनका लागि कांग्रेस र एमालले दाबी गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेरी नेभिललाई नटिङ्घम फरेस्टको मैदानमा प्रतिबन्ध
-
पटिदार र कमिन्सलाई जरिवाना
-
डिभिलियर्सको सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बराबरी गरे फोर्डले
-
युनान मिन्चु विश्वविद्यालयमा भाषा, संस्कृति र खाना महोत्सव
-
जेजेएमपीका प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु
-
छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई कोइरालाको सुझाव