‘रोधी घर’ मा रञ्जिता र विकासको अभिनय
काठमाडौँ । ‘रोधी घर’लाई नेपालीको पहिचानको रूपमा लिन सकिन्छ । विशेष गरेर गुरुङ समुदायबाट भित्रिएको यो संस्कृतिलाई बालकदेखि वृद्धसम्मले गीत मार्फत दुःख बिर्सिने चौतारीको रूपमा पनि लिइन्छ ।
विकासको गतिसँगै रोधी घर ‘दोहोरी साँझ’ रूपान्तर भएसँगै अश्लीलता पनि भित्रिएको छ । त्यसैले कतिपयले यसलाई आलोचना समेत गरिरहेका छन् । यस्तैमा ‘रोधी घर’ संस्कृतिमै गीतकार विकास घले गुरुङले नयाँ गीत ‘रोधी घर’ ल्याएका छन् ।
दीपक गुरुङ र सोनम गुरुङको स्वर रहेको गीतमा दीपेश लामाको सङ्गीत संयोजन छ । कुन्ती गुरुङ, सरिता सुनुवार, चक्र गुरुङ, राज गुरुङ र कृष्ण गुरुङको कोरस स्वर रहेको गीतको भिडियो अमेरिकाको विभिन्न स्थानमा छायाङ्कन भएको हो ।
भिडियोमा अभिनेत्री रञ्जिता गुरुङ र विकास घले गुरुङको अभिनय छ । स्थानीय कलाकार कार्लईस गुरुङको अलवा आमा समूह र ईन्ट्र फाउन्डेसनका नृत्य प्रशिक्षार्थीले पनि भिडियोमा नृत्य गरेका छन् ।
भिडियोको निर्देशक तथा सम्पादन पनि विकास घले गुरुङले नै गरेका हुन् । विकास फिल्म निर्देशक तथा खेलाडी पनि हुन् । गीत रेड ओसिएन नामक युट्युबबाट सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
-
बागमती कप टी–२० : मकवानपुरले भक्तपुरलाई ६ विकेटले हरायो
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण