क्रोएसियाको एक नर्सिङ होममा गोलाबारी, कम्तीमा ६ जनाको मृत्यु

क्रोएसिया । क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर दारुवरको एक नर्सिङ होममा भएको गोलीकाण्डमा एक कर्मचारीसहित पाँच जनाको मृत्यु भएको थियो भने अर्का एक जनाको पछि अस्पतालमा मृत्यु भएको हो।
आक्रमणमा परी कैयौं घाइते भएको र चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । क्रोएसियाली मिडियाका अनुसार आक्रमणकारी हमलापछि घटनास्थलबाट भागेका थिए । तर पछि क्याफेबाट पक्राउ परेका थिए।
उनको साथबाट हतियारसमेत बरामद भएको छ । स्थानीय मिडियाबाट प्राप्त अपुष्ट रिपोर्टहरू अनुसार आक्रमणकारी एक पूर्व सैनिक हो।
आक्रमणपछि देशमा बन्दुक नियन्त्रणमा कडाइको माग उठ्न थालेको छ । क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिकले गोली प्रहारबाट आफू स्तब्ध भएको बताएका छन् । उनले देशमा बन्दुकसम्बन्धी नियम ‘अझै कडा’ बनाउने कुरा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीलाई कक्षा १२ पास गर्ने बित्तिकै एनओसी दिने व्यवस्था रोकौँ : शिक्षामन्त्री पन्त
-
आलोचना बढेपछि रिसाएका प्रचण्ड
-
बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन
-
प्रभावकारी बन्दै काठमाडौँ महानगरको ‘एक वडा, एक नमूना’ कार्यक्रम
-
असार १५ सम्म विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढेको छ: मन्त्री पन्त
-
बागलुङ जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो