यातायात कार्यालयमा अचाक्ली भीड, भेन्डरको सहयोग लिने तयारी (तस्बिरहरू)
काठमाडौँ । केही दिनयता सर्भरमा समस्या आउँदा देशभरका यातायात कार्यालयहरू प्रभावित हुन पुगेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग, केन्द्रीय डाटा सेन्टरमा समस्या आउँदा देशभरका यातायात कार्यालयहरूको दैनिक काम कारबाही प्रभावित हुन पुगेको हो ।
बिहान बेलुका स्लो चल्ने तर दिउँसो लोड बढ्नासाथ सिस्टमले कामै नगर्ने समस्या देशभरका यातायात कार्यालयमा देखिएको छ । तर, प्राविधिकहरू खटाउँदा समेत समस्याको पहिचान हुन नसकेको सङ्घीय यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।
‘विभाग अन्तर्गतका देशभरका कार्यालयहरूमा एकै पटक समस्या आउने बित्तिकै टेक्निसियनहरुलाई खटाइएको छ । उनीहरू लागिनै रहेका छन् । तर पनि समस्याको पहिचान हुन सकेको छैन,’ महानिर्देशक रिजालले रातोपाटीसँग भने, ‘सर्भरमा डाटा क्रयास भएको छ भन्छन्, सफा गर्दैछौँ ।’
यातायात कार्यालय अन्तर्गतको सम्पूर्ण डाटा तथा अनलाइन सिस्टम आन्तरिक रूपमा नै विभागले ह्याण्डिल गर्दै आएको छ । तर बेलाबेलामा आउने यस्तो समस्याले हैरान भएको महानिर्देशक रिजालको भनाइ छ ।
‘समस्याको पहिचानका लागि आन्तरिक स्रोतले धान्ने स्थिति देखिँदैन । बरु बाहिरको भेन्डर प्रयोग गरेर भएपनि समस्याको छिटो हल गर्छौँ,’ रिजालले रातोपाटीसँग भने ।
हाल देशभर ६० लाख बढी यातायात सेवाग्राही छन् । लामो समयदेखि सेवामा समस्या आउँदा ठूलो संख्यामा सेवाग्राहीहरू प्रभावित हुन पुगेका छन् ।
सर्भर डाउन हुँदा यातायात सेवा अन्तर्गतको दर्ता, नवीकरणदेखि नामसारी लगायतको सेवा प्रभावित हुन पुगेको छ ।
यसैबिच सर्भर डाउन भइरहँदा यातायात कार्यालयहरूमा अचाक्ली भिड बढेको छ । सानो भर्याङस्थित यातायात कार्यालयमा पनि बिहानैदेखि सेवाग्राहीको भिड लागेको छ ।
सानो भर्याङस्थित यातायात कार्यालयमा देखिएको भिडभाडको तस्बिर-
_8ifdYFadZX.jpg)
_Rpeg88NGud.jpg)
_zohtjJJpbm.jpg)
_jLbvcCeCEa.jpg)
_nwHLX27XYL.jpg)
_wmBTnajl8D.jpg)
_Akv7p501Sh.jpg)
_OjpD831QCU.jpg)
_zZi9KcEY13.jpg)
_SUTPQ559Y4.jpg)
_UJCkcBCnUh.jpg)
_BlnFQy2DiM.jpg)
_c6yO0iNkMh.jpg)
_ABLB4V5iHU.jpg)
_jafWUROIar.jpg)
_jImTqEDjtu.jpg)
_0Gvq96uFSO.jpg)
_B3S8rbLcgW.jpg)
_ZlxVfDMeOP.jpg)
_x5KvFdIEDv.jpg)
_3N5xcp1ovM.jpg)
_wr1eqPqDqM.jpg)
_lVpKy9hU6z.jpg)
_qVvp0ThvSi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण