बुद्ध दर्शन अन्धविश्वास होइन, वैज्ञानिक तथ्यमा आधारित दर्शन हो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभई वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताएका छन् । बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा भिक्षु एवं अनगारिका गुरुमाहरूमा संघदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
ओलीले पुस्तक लेखनमा डाक्टर शाक्यले गरेको मेहनतको प्रशंसा गर्दै ज्ञान सङ्ग्रह गरेर पुस्तकका रूपमा बाँडेकोमा लेखकलाई विशेष धन्यवाद दिए । ओलीले हाम्रो समाज विविधतायुक्त भएको भन्दै नेपाल सामाजिक, भौगोलिक, जैविकलगायतका विविधतायुक्त भएकाले बुद्धलाई विविध ढङ्गले चिन्ने गरेको उल्लेख गरे ।
त्यसक्रममा बुद्ध दर्शनलाई जटिल बनाउन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले अन्धविश्वासमा नभई वैज्ञानिक दर्शनमा आधारित भएको बताए ।
पुस्तकका लेखक एवं बौद्ध विद्वान डाक्टर शाक्यले आफ्नो पुस्तकबारे चर्चा गर्दै बौद्ध धर्म–दर्शन अनुसार जीवन भनेको के–हो ? हामी किन जन्मिन्छौँ ? किन मर्छौ ? मानिस के–हो ? जस्ता यावत प्रश्नहरू बौद्ध दर्शनका पाठकहरूसमक्ष स्पष्ट पार्न पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको उल्लेख गरे ।
कार्यक्रममा १ सय जना भिक्षुहरूलाई अष्टपरिष्कार दान प्रदान गरिएको थियो । त्यसैगरी ५५ जना अनगारिका गुरुमाहरुलाई वस्त्र तथा अन्य बस्तुदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण