राजनको ‘पान पुतली माया’मा गीता र सुनिलको अभिनय
बिहीबार, १० साउन २०८१, ०९ : ०८

काठमाडौँ । गायक राजनराज शिवाकोटी र गायिका टिका पुनले युगल स्वरमा ‘पान पुतली माया’ बोलको गीत ल्याएका छन् । राजनराजकै शब्द तथा सङ्गीत रहेको गीतको एरेन्ज राजन इसानले गरेका छन् ।
गीतको भिडियोमा मोडलद्धय गीता ढुंगाना र सुनिल न्यौपानेको अभिनय देख्न सकिन्छ । एक जोडी प्रेमीको सुखद प्रेमकथा भिडियोमा देखाइएको छ ।
दीलिप समनले निर्देशन गरेको भिडियामा सुनिल रोशन विश्वकर्माको कोरियोग्राफी, हरि हुमागाईँको छायाङ्कन र नकुल खड्काको सम्पादन छ । मिना बर्तौलाले निर्माण गरेको भिडियो समिप इन्टरटेनमेन्टबाट बाहिर ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
-
राष्ट्रिय सभाको बैठक बस्दै
-
नेसपा (नयाँशक्ति) ले विशेष समारोह गरी १० औं स्थापना दिवस मनाउँदै
-
प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
पोखरामा एक युवकको हत्या