माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो
शुक्रबार, ११ साउन २०८१, ०९ : १६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्ने गरी सरेको छ । यसअघि बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी आह्वान गरिएको थियो ।
सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक आज बस्ने भएकोले माओवादी पदाधिकारी बैठक सरेको पार्टीका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने विषयमा त्रिविकै निकायबिच मतभिन्नता
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण