उपप्रधानमन्त्री सिंहसँग अमेरिका र दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । सोमबार थम्पसन र पार्कले उपप्रधानमन्त्री सिंहसँग मन्त्रालयमै शिष्टाचार भेट गरेका हुन् । भेटमा दुवै राजदूतले मन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
भेटमा उपप्रधानमन्त्री सिंहले स्वच्छ र व्यवस्थित सहर निर्माण, फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता, संस्थागत क्षमता विकास, जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा सहकार्यका लागि आग्रह गरे ।
‘सहरी क्षेत्र र समग्र नेपालको आर्थिक विकासमा अहिले भएको सहयोगबारे छलफल भयो । सहरी विकासमा प्राप्त सहयोगको निरन्तरता र थप सहयोगका क्षेत्रबारे पनि छलफल भयो,’ भेटमा सहभागी सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले बताए ।
त्यस्तै कोरियाका राजदूत पार्कसँग पनि नेपाल र कोरियाबिचमा कुन–कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण