माओवादी केन्द्रलक्षित सांसद बास्कोटाको टिप्पणी : सत्ताबाट हट्दाको पीडा नपोखौँ
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) सांसद गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र) लाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गरेका छन् । संसदमा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरूको अभिव्यक्ति आउन थालेपछि उनले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सो कुरा बताएका हुन् ।
सांसद बास्कोटाले मुलुकलाई निकास दिन दुई ठुला दल कांग्रेस र एमालेले नयाँ सत्ता समीकरण बनाएको उल्लेख गर्दै त्यसको विरोध गरिरहन आवश्यक नभएको बताए । उनले सत्तारुढ गठबन्धन मुलुकको आवश्यकताले बनाएको उल्लेख गर्दै यो कसैविरुद्ध लक्षित नरहेको दाबी समेत गरे ।
सांसद बास्कोटाले साना दलहरूले सत्तामा मरिहत्ते गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको विगतबाट सबैले पाठ सिकेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘दुई वटा ठुला दल मिलेका छन् । ती राजनीतिक रूपमा मिल्दैनन्, सैद्धान्तिक रूपमा मिल्दैनन् । कार्यक्रमको रूपमा मिल्दैनन् । मुलुकलाई निकास दिन मिल्छन् । इतिहासमा पनि मिलेका थिए, आज पनि मिल्छन् । भोलि पनि मिल्छन् । यति कुरा हो–मुलुकका आवश्यकता अनुसार कसैका विरुद्ध यो होइन । आ–आफ्नो सामर्थ्यमा चलौँ । अब यो हिजोको पीडा मात्रै बोकेर नहिँडौँ ।’
सांसद बास्कोटाले विकास, निर्माणको काममा ध्यान दिनुपर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षबिच संसदमा आरोप/प्रत्यारोप हुनु शोभनीय नभएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण