पूर्वाधार विकासको जनचाहना पूरा गर्ने गरी काम गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन
ललितपुर । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । आज (बुधवार) स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागका तर्फबाट हाल भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि उपप्रधानमन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन् ।
हाल विभागले झोलुङ्गे पुल, ग्रामीण सडक, ग्रामीण सडक पुल, पालिकाहरूको प्रशासकीय भवन निर्माण, साना सिँचाइ कार्यक्रम सञ्चालन गरिरहेको छ । जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री सिंहले नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिँदै त्यसमा केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय गर्ने बताए ।
‘सहरी विकास मन्त्रालय अन्तर्गत रहेको यो स्थानीय पूर्वाधार विभागको पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका छ,’ उनले भने, ‘ झोलुङ्गे पुल, ग्रामीण सडक, प्रशासकीय भवन निर्माणजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपाईँहरूको काँधमा छ । प्रभावकारी रूपमा काम सुचारु गर्नुपर्छ ।’
हालसम्म विभागले ३ सय ६४ वटा पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको छ भने १ सय ४९ वटा भवन निर्माणाधीन अवस्थामा छ । आर्थिक वर्ष ०८१/८२ मा विभागले ६८ स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने योजना राखेको छ भने ३ सय झोलुङ्गे पुल, ४० वटा सडक पुल र १ सय किलोमिटर पक्की सडक निर्माण सम्पन्न गर्ने र ७० किलोमिटर सडक निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण