मिडिया ‘ट्रायल’ गृह मन्त्रालयका लागि घातक छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक भएको बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै बचेर काम गर्न सुझाव दिएका हुन् ।
उनले भने, ‘एउटा कुरा म क्लियर भन्छु, यो मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक छ, गृहमन्त्रीज्यू बच्नुहोला । तपाईंलाई पनि माया गर्ने मान्छेहरू छन्, मैले त धेरै काम गर्न सकिनँ, तपाईं सक्नुहोला । तर मिडिया ट्रायलबाट यो संगठन जोगाउनुहोला । प्रहरी संयन्त्रका लागि मिडिया ट्रायल हरिबिजोग छ । मिडिया ट्रायल प्रतिस्पर्धी रूपमा रहेका छन् । मिडियाले सुरुमा भन्छ- माहौल बनाइदिन्छु । त्यसपछि माहौल बनाउँदै जाँदा सम्पादकीयबाट लिएर प्रहरीको बारे नराम्रो समाचार लेखिदिन्छ । तर हाम्रो प्रहरी सक्षम छ, क्षमतावान् छ । उनीहरुसँग तागत छ र साहस पनि छ । ’
उनले प्रहरीलाई छानबिन गर्न दिए सम्पूर्ण कुरालाई अगाडि बढाएर छानबिन गर्न सक्ने बताए । साथै उनले सबै कारागारमा बजेटको कमी भएको भन्दै नुवाकोट कारागारका लागि पनि बजेट आवश्यक रहेको बताए ।
उनले भने, ‘छानबिनको लागि आवाज उठाउनु नराम्रो होइन । छानबिन प्रहरीले पनि राम्रोसँग गर्छ, हस्तक्षेप गर्नुभएन, काम गरेको मान्छेलाई काम गरेको छैन भन्दै ट्रायल हुन्छ । ’
साथै उनले यो समितिलाई अगाडि बढाउन वान टु वान प्रश्न उत्तर गर्दै गए सबै समस्याको समाधान हुने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण