सडक बत्तीको महसुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउँछु : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महसुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा उपत्यका मेयर्स फोरमहरुसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले सडक बत्तीका लागि उपत्यकाका स्थानीय तहले ६० प्रतिशत र सरकारले ४० प्रतिशत तिर्ने गरी व्यवस्था गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले काठमाडौँ उपत्यका मेयर फोरमले आफ्ना समस्याहरू खुलेर राखेको भन्दै व्यवधान र अवरोध भए खुलाउनका लागि मन्त्रालय तयार रहेको बताए ।
उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयले नगरपालिकालाई मात्रै हेर्ने भन्ने नभएको भन्दै गाउँहरूमा सडकदेखि व्यवस्थापन गर्ने काम पनि सहरी विकास मन्त्रालयलै रहेको बताए । उनले सडकको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिने पनि बताए ।
उपप्रधानमन्त्री सिंहले सहर स्वच्छ हुनुपर्ने चन्दै नदीको सरसफाइमा तीन तहकै सरकार मिलेर काम अघि बढाउने बताए । उनले काठमाडौँ उपत्यका प्राधिकरणलाई पुनःसंरचना गरी मेयरहरुको सहभागिता गराइने बताए । उनले उपत्यकाको फोहोरमैला व्यवस्थापनमा आनाकानी गर्न नहुने बताए । उनले नदीमा सिधा ढल मिसाउन नदिने गरी व्यवस्थापनमा लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण