पर्यटक बसपार्क निर्माणका लागि उपप्रधानमन्त्रीसमक्ष आग्रह
काठमाडौँ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले काठमाडौँभित्र पर्यटक बसपार्कका लागि आग्रह गरेको छ । टिवानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले आज उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरी काठमाडौँभित्र पर्यटक बसपार्क निर्माणका लागि पहल गरिदिन आग्रह गरेको हो ।
अध्यक्ष आचार्यले लामो समयदेखि सोह्रखुट्टे सडकबाट पर्यटकलाई ओसारपसार गर्न बाध्य भएकाले पर्यटक बसपार्कका लागि सहरी विकास मन्त्रालयमार्फत पहल गरिदिन उपप्रधानमन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिए ।
टिवानको टोलीले पर्यटक बसपार्कका लागि यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमार्फत गौशालाको तिलगङ्गामा बसपार्क निर्माणको निर्णय भएकाले कार्यान्वयनका लागि पहल गर्नसमेत आग्रह गरेको थियो ।पर्यटक बस काठमाडौँको झोंसे गल्ली, कान्तिपथ सडक हुँदै विगत पाँच वर्षदेखि सोह्रखुट्टे सडकबाट सञ्चालन हुँदै आएको छ ।
भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौँभित्रका स्थानीय तहसँग छलफल गरेर पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त समेत व्यक्त गर्नुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण