स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल मिले : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा मिलेर सरकार बनाएको बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा अस्थीरता भएको भन्दै राजनीतिक स्थीरताका लागि अहिलेको गठबन्धन बनेको उनको भनाई थियो । 'राजनीतिक स्थायित्व र स्थीरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ' उपप्रधानमन्त्री सिंहले भने ,'जिम्मेवारी ठुलो छ । त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।'
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बाग्मति प्रदेशको आन्तरिक मामिला मन्त्री बनेकाेमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण