बेलायतमा हिंसात्मक प्रदर्शनमा ९० जनाभन्दा बढी पक्राउ
लन्डन । अति दक्षिणपन्थी आप्रवासी विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका छन् । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा पसलहरू लुटिएका छन् भने प्रहरी अधिकारीहरूमाथि आक्रमण भएका छन् । तर सबै प्रदर्शन हिंसात्मक नभएको बताइएको छ ।
प्रधानमन्त्री कीर स्टार्मरले घृणा फैलाउन खोज्ने चरमपन्थीहरूविरुद्ध कारबाही गर्न प्रहरीलाई सरकारलाई पूर्ण सहयोग गर्ने वाचा गरेको छ । सोमबार साउथपोर्टको मर्सीसाइडमा टेलर स्विफ्ट थिमको डान्स क्लासमा तीन बालिकाको हत्या भएपछि तनाव निकै बढेको छ । लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल र फ्लेयर प्रहार गरिएको थियो ।
कुर्सी प्रहार गर्दा एक प्रहरीको टाउकोमा चोट लागेको थियो भने अर्कोलाई लाती हानेर बाइकबाट खसालिएको थियो । केही प्रहरी घाइते भएको पुष्टि मर्सीसाइड प्रहरीले गरेको छ । दुई जना कामदारलाई अस्पताल लगिएको बताइएको छ । एक कामदारको नाक भाँचिएको र अर्को कामदारको बङ्गारा भाँचिएको आशङ्का गरिएको छ ।
यस घटनामा मर्सीसाइड प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । अभिव्यक्ति स्वतन्त्रताको अधिकार र आफूहरूले देखिरहेको हिंसा दुई फरक कुरा भएको शनिबार बसेको मन्त्रिपरिषद्को बैठकमा बेलायती प्रधानमन्त्री कीर स्टार्मरका प्रवक्ताले भनेका थिए । आवश्यक कारबाहीका लागि प्रहरीलाई सरकारले सहयोग गर्ने प्रधानमन्त्रीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण