यात्रु बचाएर मृत्युवरण गरेका बस चालकलाई राष्ट्रिय सम्मान प्रदान गर्न सिफारिस
मङ्गलबार, २२ साउन २०८१, १६ : ५४
काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा माथिबाट पहिरो खस्दा ढुङ्गो लागेर ज्यान गुमाएका बस चालकलाई राष्ट्रिय सम्मान दिन सिफारिस गरिएको छ ।
सिमताल दुर्घटनाबारे अध्ययन गर्न गठित सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले लु.२ ख ६५६६ नम्बरको बसका चालक मेगनाथ विकलाई ‘मरणोपरान्त सम्मान’ गर्न सिफारिस गरेको हो । असार २८ मा बुटवलबाट बस चलाएर काठमाडौँ आउँदै गरेका ३६ वर्षीय बिक भरतपुर–२९ स्थित १७ किलोमा माथिबाट आएको डुङ्गाले लागेर घाइते भए । उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
नवलपरासी सुनवल नगरपालिका–४ घर भएका विकले कुशलतापूर्वक सो बस नदीमा खस्नबाट जोगाई ३० जना यात्रुको जीवन बचाउन सफल भएको कार्यदलको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण