शाहरुख खानको किंगमा अभय बर्मा
नयाँ दिल्ली । गएका वर्ष शाहरुख खानले एकपछि अर्को गर्दै तीन वटा हिट बलिउड फिल्म दिए । त्यसयता अभिनेताले आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेका छैनन् । तर अभिनेताले आफ्नी छोरी सुहाना खानसँग एक्सन फिल्म किंगमा काम गरिरहेको चर्चा लामो समयदेखि चलिरहेको छ ।
यतिबेला किंगबारे नयाँ जानकारी आएको छ । पिंकविलामा छापिएको एक समाचारका अनुसार युवा अभिनेता अभय बर्मालाई किंगमा काष्ट गरिएको छ । अभय हालै मात्र रिलिज भएको हरर कमेडी मुंज्यामा लिड रोलमा देखिएका थिए । पछिल्ला केही वर्षयता अभयको यो सबैभन्दा ठुलो सरप्राइज हिट थियो । फिल्मले भारतमा मात्रै १ अर्ब भारुभन्दा बढी कमाइ गर्यो ।
मुंज्यामा गरेको अभिनयका लागि अभयले निकै तारिफ पाएका थिए । सो फिल्मपछि उनलाई नयाँ नयाँ अफर आइरहेको छ । शाहरुख र सुहानाको किंगमा पनि उनले महत्त्वपूर्ण भूमिका पाएको बताइएको छ । तर फिल्ममा उनको पात्र कस्तो हुनेछ भन्ने चाँहि गोप्य राखिएको बताइएको छ ।
अभय पहिलो पटक मनोज बाजपेयीको वेब सिरिज द फ्यामिली म्यान २ मा छोटो भूमिकामा देखिएका थिए । उनको अभिनय करियर टिभी शो मर्जीबाट सुरु भयो । त्यसपछि उनी वेब सिरिज लिटिल थिङ्ग्स र ऋतिक रोशनको फिल्म सुपर ३० मा पनि देखिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण