हजमा खर्च भई बचेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरिँदै
मङ्गलबार, २९ साउन २०८१, ०७ : ५२

काठमाडौँ । नेपाल हज समितिले हजका क्रममा खर्च भई बचेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने भएको छ । समितिले आज एक सूचना प्रकाशित गर्दै उक्त रकम फिर्ता गर्न लागिएको जानकारी दिएको हो ।
सन् २०२४ को हजमा नेपालबाट जाने यात्रुहरूबाट नेपाल हज समितिले प्रति व्यक्ति रू चार लाख १५ हजार सङ्कलन गरेकोमा प्रति व्यक्ति रू ३ लाख ९१ हजार ५९३ मात्र खर्च भएकोले २३ हजार ४०७ रुपैयाँ फिर्ता गर्न लागिएको हो ।
हजमा सहभागी सबै हाजीहरूले आफ्नो बैंक खाताको विवरणसहित आवेदकको सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एक महिना भित्र आफ्नो विवरण अद्यावधिक गर्न समितिले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात