नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको अध्यक्षमा खतिवडा
दक्षिण कोरिया । नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको अध्यक्षमा जीवन खतिवडा चयन भएका छन् । आइतबार सम्पन्न छैटौँ अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
कमिटीको वरिष्ठ उपाध्यक्षमा रुद्र थापा, उपाध्यक्षमा बिबि स्याङ्तान, नवीन परियार , मान बबहादुर बिष्ट र राजेन्द्र फुयाल चयन हुँदा महासचिवमा सुबिन्द्र मगर चयन भएका छन् ।
यस्तै सचिवहरुमा सुरेन्द्र लावती, चरित्र शाही, रामदेव बिष्ट, दावाफिन्जो तामाङ र हरि शाही चयन हुँदा कोषाध्यक्षमा रुक्मा बम चयन भएको निवर्तमान अध्यक्ष ईश्वर कठायतले जानकारी दिए ।
यस्तै सदस्यहरुमा गिरबहादुर बुढामगर, दिवस घर्ती मगर, मौसम बम्जन, नविशा लावती, नहकुल राई, चक्र महतारा, जिवि सुनुवार र दशरथ कुवर चयन भएका छन् ।
अधिवेशनमा माओवादी केन्द्रकी उपाध्यक्ष तथा पश्चिम एसिया इन्चार्ज पम्फा भुसाल, सहइन्चार्ज ओम शर्मा, मञ्चका संरक्षक विनोद कुँवरलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ल क्याम्पस र ल फर्महरूबिच ‘पेड इन्टर्नसिप’मा हस्ताक्षर
-
बेलायतको जेनेस सलुशनको ग्लोबल सीटीओमा कुँवर नियुक्त
-
फ्रान्सबाट १० हजार अन्डा ल्याएर सुरु गरिएको कालिज फार्म
-
‘आगामी दिनमा आत्मनिर्भरतातर्फ अघि बढ्न सक्छौँ’
-
बाढी प्रभावित शैक्षिक संस्थामा पढाइको वातावरण सिर्जना कांग्रेसको माग
-
‘कृषिमा रूपान्तरण हुन सकेको छैन’