कांग्रेस र एमालेबिचको गठबन्धन कसैको विरुद्धमा छैनः देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन कसैको विरुद्धमा लाग्नका लागि नबनाइएको स्पष्ट पारेका छन् । मंगलबार राजधानीमा आयोजित नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेको गठबन्धन कुनै पनि पार्टीको विरुद्धमा नभएको स्पष्ट पारेका हुन् ।
उनले भने‚ ‘गठबन्धन अरू पार्टीको खिलाफ हैन । माओवादी‚ माधवजीको पार्टी लगायत सबैलाई एक गरेर लैजाने, सबैलाई एक साथ राखेर अघि बढ्ने हो ।’
उनले कांग्रेस र नेकपा एमालेको गठबन्धन बनाउन कसैले दबाब नदिएको पनि बताए । यस्तै देउवाले संविधान संशोधन सबै दलहरूको सल्लाह सुझावमा नै हुने भएकाले कुनै पनि शङ्का उपशङ्का नगर्न आग्रह गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउने लगायत विषय संविधान संशोधनको एजेन्डाभित्र पर्ने बताए । उनले थपे‚‘संविधान संशोधन षड्यन्त्र गरेर हैन । सबैसँग सल्लाह गरेर गरिने कुरा हो । केपी शर्मा ओली र मेरो बिचमा भएको सहमति कसैको दबाबमा हैन ।’
सभापति देउवाले अहिलेको गठबन्धनले नेपालको भोलिको राजनीति र भविष्यलाई योगदान दिने समेत दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण