राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौती : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति अस्थिरता र सामाजिक अराजकता नै नेपाली राजनीतिको चुनौतीका रूपमा रहेको बताएका छन् ।
मंगलबार कांग्रेस नेता स्व. प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौतीका रूपमा रहेको बताएका हुन् ।
साथै उनले नेपाली समाजमा नेपाली नागरिक र राज्य जोडिन नसकेको पनि बताए । ‘जबसम्म नागरिक र राज्य जोडिँदैन । तबसम्म लोकतन्त्र सफल हुन सक्दैन’, पोखरेलको भनाइ छ । उनले कुनै पनि देश सफल हुन राज्य र नागरिकबिचको सम्बन्ध पनि राम्रो हुन जरुरी रहेको बताए ।
‘नेपाली समाजमा राज्य र नागरिक जोडिन सकेकै छैन’, उनले भने, ‘जसले चर्को स्वर गर्छ उसका पछि जनताहरू झुम्मिने अवस्था छ यसले समाजलाई सही दिशा दिँदैन ।’ उनले समावेशिताप्रति सबैको गहिरो लगाव रहेको भन्दै तत्कालीन माओवादी र राजासँग मिल्ने भन्ने बहस चलेका बेला आफूहरू दलहरूसँग मिल्नुपर्छ भन्ने डा। बाबुराम भट्टराईको पक्षमा उभिएको स्मरण गरे ।
महासचिव पोखरेलले समानुपातिक र समावेशितालाई परिवर्तन गर्ने खोजीमा लाग्नुपर्ने मान्यता कांग्रेस र एमालेको रहेकाले माओवादीले पनि त्यसमा असहमति राख्न नसक्ने बताए ।
महासचिव पोखरेलले विकास र समृद्धिका लागि धेरै दल नभएर बलिया राजनीतिक दल आवश्यक रहेको भन्दै सोही कारण दुई पार्टी कांग्रेस र एमालेबिच सहकार्य र सहमति गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण