भारतीलाई देउवाको जवाफ : किताब लगेको बिर्सिएँ‚ मलाई फाइदै भएको होला
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अभियन्ता भारती सिलवाललाई किताब लिएकोबारे आफूलाई जानकारी नभएको जवाफ दिएका छन् ।
मंगलबार नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले किताब लगेको आफूलाई सम्झनामै नभएको बताएका हुन्। लगेको भए पनि किताबले आफूलाई फाइदै गरेको होला भन्दै उनले सिलवाललाई धन्यवाद दिए ।
‘के किताब उहाँको मैले लगेँ भनेर मलाइ सम्झना छैन । किताबले मलाई फाइदा भएको होला । धन्यवाद दिन चाहन्छु‚’ देउवाले भने ।
कार्यक्रममा देउवाअघिनै मन्तव्य दिएकी सिलवालले धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेकी थिइन् ।
‘शेरबहादुरजीले मेरो लानुभएको त्यो कृष्णमुर्तिको किताब । उहाँ गृहमन्त्री पनि भइसक्नुभयो’, सिलवालले भनिन्, ‘पाँच चोटि प्रधानमन्त्री पनि भइसक्नुभयो । अझ छैटौँ पटक प्रधानमन्त्री हुने सम्भावना छ । तर, उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु ।’
सिलवालले सन् १९९० तिर देउवाले आफ्नो कोठाबाट जयकृष्णमूर्तिको किताब लगेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण