शंकर पोखरेलको व्यङ्ग्य : भारतीजीले शेरबहादुरजीले पढ्नुहुन्छ भन्ने भाष्य निर्माण गरिदिनुभयो
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पढ्ने व्यक्ति भएको सन्देश भारती गिरीले दिन खोजेको भन्दै व्यङ्ग्य गरेका छन् ।
मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
पोखरेल अगाडि बोलेकी स्व गिरी पत्नी भारतीले ३२ वर्षअघि शेरबहादुर देउवाले पुस्तक लगेपनि फिर्ता नगरेको भन्दै पुस्तक मागेकी थिइन् । सोही प्रसंगमा बोल्दै उनले भने‚‘३२ वर्ष अघि प्रमुख अतिथिजीले उहाँबाट एक किताब लिएर जानुभए छ । ३२ वर्षपछि उहाँले किताबको अपेक्षा गरेर प्राप्त हुन्छ भनेर चर्चा गरेको जस्तो लागेन बढो जोडका साथ भन्नुभयो । तर पाइन्छ भनेर चर्चा गरेको ठानेको छैन । दुई सन्देश देखेको छु ।’
उनले नेपालका राजनीतिक दलका नेताहरूले पढ्दैनन् भन्ने भाष्यलाई चिर्ने सन्देश गएको भन्दै थपे‚‘ भारतीजीको मनमा के छ थाहा छैन । नेपालको नेता पढ्दैनन् भन्ने भाष्य छ शेरबहादुर देउवाजी पढ्ने मान्छे हो भन्ने सन्देश दिन खोज्नुभयो । दोस्रो कुरा राजनीति गर्ने मान्छे पढ्नु पर्दछ जे कृष्णमूर्ती जस्ता किताब सहभागीले पनि पढ्नुभयो भने समाजलाई बुझ्न सहज हुन्छ भन्ने सन्देश दिन खोज्नुभयो ।’
उनले अहिले जनताहरू अराजकताको पछाडि झुम्मिने अवस्था अहिले बनेको भन्दै राज्यलाई जनता र लोकतन्त्रसँग जोड्न सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण