वैदेशिक रोजगारका ठगहरूलाई सरकारले संरक्षण गरेको छ : प्रभु साह
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारका ठगहरूलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् ।
रौतहटको छतौना र विश्रामपुरमा बुधबार आजपा नगर कमिटीद्वारा आयोजित “वैदेशिक रोजगारका ठगलाई सरकारले कारबाही गर्छ कि संरक्षण ?” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारका ठगहरूलाई कारबाही नगरी सरकारले संरक्षण गरेको बताए ।
‘गाउँका गरिब युवाहरू रोजगारका लागि बिदेसिन बाध्य छन् । मुलुकमै रोजगार दिन नसकेको सरकारले वैदेशिक रोजगारको नाममा भइरहेको लुट धन्दालाई संरक्षण दिएको छ,’ अध्यक्ष साहले भने, ‘नेपालमा स्वास्थ्य परीक्षण गरी वैदेशिक रोजगारमा जाने युवाको विदेशमा मृत्यु हुन्छ । उनीहरूको लास नेपाल आउँछ । यहाँ बलियो, स्वास्थ्य रहेका युवाको विदेशमा मृत्यु कसरी हुन्छ ? यहाँ एउटा काम भन्ने त्यहाँ अर्को काममा लगाउने । फ्री टिकट फ्री भिसा भन्ने तर मोटो रकम लिएर विदेश पठाउने । अलपत्र पार्ने, यस्ता भ्रष्ट र लुटेरालाई कारबाही नगरी सरकारले संरक्षण गर्ने काम भइरहेको छ ।’
केही म्यानपावर कम्पनीसँग मिलेर सरकारले मानव तस्करीको काम गरिरहेको समेत अध्यक्ष साहले आरोप लगाए । सरकारमा सहभागी दलका नेताले कमिसनमा गैरकानुनी काम गरिरहेको बताउँदै उनले सरकारकै संरक्षणमा म्यानपावर कम्पनीहरूले मानव तस्करी र लूट धन्दा चलाएर गरिब युवाहरूलाई लुटिरहेको बताए ।
कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारका ठगहरूलाई सरकारले नै पालिरहेको निष्कर्ष सहित पीडितलाई न्याय दिलाउन जस्तो सुकै आन्दोलन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण