साफ यू–२० च्याम्पियनसिप फुटबल : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौँ । नेपाली टोली आफ्नो समूहको विजेता बन्दै साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले बिहीबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई २–१ गोलले हरायो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलिएको खेलमा तीनवटै गोल पहिलो हाफमै भएको थियो । पहिलो हाफमै नेपालले बंगलादेशमाथि २–१ गोलको अग्रता लिएको थियो । नेपालले तीन मिनेटको बिचमा दुई गोल गरेको थियो ।
_rwt0EWxFVb.jpg)
नेपालका लागि समिर तामाङ र निराजन धामीले एक–एक गोल गरेका हुन् । भ्रमणकारी टोली बंगलादेशका लागि भने एकमात्र गोल मिरजुल इस्लामले गरेका थिए । खेल सुरु भएको १७औँ मिनेटमै समिर तामाङले आकर्षक गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
त्यसको दुई मिनेटपछि १९ औँ मिनेटमा निराजन धामीले नेपाली टोलीको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि निर्धारित समयको ४३ औँ मिनेटमा बंगलादेशका लागि मिरजुल इस्लामले एक गोल फर्काएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
_aDlgufNWiR.jpg)
खेलको दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक थियो । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् । नेपाल र बंगलादेश दुबै टोली यसअघि नै सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको थियो । बिहीबारको खेलले समूह विजेताको टुंगो लगाएको हो । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दुबै खेलमा जित हात पार्यो । नेपालले यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० गोलले हराएको थियो । त्यो खेलमा पनि नेपालका लागि निर्णायक गोल निराजन धामीले नै गरेका थिए ।
_TuBnoO9lSX.jpg)
दुईमध्ये एक खेलमा विजयी भएको बंगलादेश समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २–० गोलले हराएको थियो । उक्त समूहमा तेस्रो टोलीको रुपमा रहेको श्रीलंका भने दुई हारसँगै उपाधि होडबाट बाहिरिएको हो । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_YTOL6CyqSb.jpg)
_z381yiWMZ7.jpg)
_2CS9bEn0p9.jpg)
_SKANABDHSV.jpg)
_O8uElVdwh1.jpg)
_KrOS4EMnwg.jpg)
_7wvR7cWr9W.jpg)
_vcr54jhD1A.jpg)
_zDOlK28sZm.jpg)
_XXghl2CPsJ.jpg)
_dGofQvOeiP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण